Lectionary Calendar
Friday, May 24th, 2024
the Week of Proper 2 / Ordinary 7
Attention!
Tired of seeing ads while studying? Now you can enjoy an "Ads Free" version of the site for as little as 10¢ a day and support a great cause!
Click here to learn more!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

1 इतिहास 12

1 यो मानिसहरूको सूची थियो जो दाऊद कहाँ समिलित हुन आएका थिए जब तिनी सिक्लगमा थिए। यो त्यस समयको कुरा थियो जब दाऊद कीशका छोरा शाऊलबाट लुकेका थिए। यी मानिसहरूले दाऊदलाई युद्धमा सहायता गरेका थिए।2 यी मानिसहरू आफ्ना दाहिने वा देब्रेहातले आफ्ना धनुहरूबाट काँड हान्न सिपालू थिए। तिनीहरूले दुवै हातले आफ्ना घुयेत्रोद्वारा पनि ढुँङ्ग हान्न सक्थे। तिनीहरू बिन्यामीनका कुल समूहका शाऊलका आफन्तहरू थिए। तिनीहरू थिए!3 अहीएजेर, तिनीहरूका प्रधान अनि योआश; अहीएजेर अनि योआश गिबीयाती शेमाहका छोराहरू थिए। यजीएल अनि पेलेत; यजीएल र पेलेत अज्मावेतका छोराहरू थिए। बराका र येहू अनातोत शहरका थिए।4 यिश्मायाह गिबोन शहरका थिए। यिश्मायाह तीन वीरहरू मध्य एक थिए अनि तिनी तीन वीरहरूका प्रधान पनि थिए। यिर्मयाह, यहजीएल, योहानान अनि योजाबाद- गदेरा ती मानिसहरूबाट;5 एलूजै- यरीमोत, बाल्याह, अनि शमर्याह, शपत्याह, हारूपी,6 एल्काना, यिशियाह अज्रेल, योएजेर अनि याशोबाम, सबै कोरहका परिवार समूहका;7 योएलह अनि जबदियाह, गेदोर शहरका यरोहामका छोराहरू हुन।8 गाद कुल समूहका एक भाग दाऊदसँग मरूभूमिमा तिनका किल्लामा आएर मिले। तिनीहरू युद्धका निम्ति शिक्षा पाएका साहसी सैनिकहरू थिए। तिनीहरू ढाल अनि भाला चलाउनमा सिपालु थिए। तिनीहरू सिंह जस्तै भीषण देखिन्थे। अनि तिनीहरू पर्वतमा मृगजस्तै छिटो दगुर्न सक्थे।9 एजेर गाद कुल समूहबाट सेनाका प्रधान थिए। ओबदियाह अधिकारमा दोस्रो दर्जाका थिए। एलिआब अधिकारमा तेस्रो दर्जाका थिए।10 मिश्मन्ना अधिकारमा चौथा दर्जाका थिए। यिर्मयाह अधिकारमा पाँचौं दर्जाका थिए।11 अत्तै अधिकारमा छैटौं दर्जाका थिए। एलीएल अधिकारमा सातौं दर्जाका थिए।12 योहानान अधिकारमा आठौं दर्जाका थिए। एल्जाबाद अधिकारमा नवौं दर्जाका थिए।13 यिर्मयाह अधिकारमा दशौं दर्जाका थिए। मकबन्नै अधिकारमा एघारौं दर्जाका थिए।14 ती मानिसहरू गादी सेनाका प्रधानहरू थिए। त्यस समूहका सबैभन्दा कमजोर सैनिकले पनि शत्रुका एकसय सैनिकहरूसित युद्ध गर्न सक्थे। त्यो परिवार समूहका सबै भन्दा बलवान सैनिक शत्रुका एकहजार सैनिकहरूसित युद्ध गर्नसक्थे।15 गाद कुल समूहका मानिसहरू सैनिक थिए जो वर्षको पहिलो महीना यर्दन नदी पारी जान्थे। त्यो वर्षाको समय थियो जब यर्दन नदीमा बाढी आइरहेथ्यो। तिनीहरूले बेंसीहरूमा बस्ने सबै मानिसहरूलाई खेदी पठाए। तिनीहरूले ती मानिसहरूलाई पूर्व र पश्चिम तिर खेदे।16 बिन्यामीन र यहूदाका कुल समूहहरूबाट अन्य मानिसहरू किल्लामा दाऊदकहाँ आए।17 दाऊद तिनीहरूलाई भेट्न बाहिर गए। दाऊदले तिनीहरूलाई भने, “यदि तिमीहरू शान्तिसित मलाई सहायता गर्न आएका हौ भने म तिमीहरूलाई स्वागत गर्छु। मेरो साथ बस। तर यदि तिमीहरू मेरो जासूसी गर्न आएका हौ भने, जब मैले केही नराम्रो गरेको छैन् तब हाम्रा पिता-पुर्खाहरूका परमेश्वरले हेर्नु हुनेछ तिमीहरूले के गर्यौ भनी अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”18 अमासै तीस बीरहरूका अगुवा थिए। तब, आत्माद्वारा बोल्यो अनि भन्यो।“दाऊद, हामी तपाईका हौं। यिशैका छोरा, हामी तपाईसित छौं, तपाईलाई शान्ति, शान्ति होस्! ती मानिसहरूलाई शान्ति होस जसले तपाईलाई सहायता गरे! किन? किनभने तपाईको परमेश्वरले तपाईलाई सहायता गर्नुहुन्छ।”यसकारण दाऊदले यी मानिसहरूलाई आफ्ना समूहमा स्वागत गरे अनि तिनीहरूलाई उसका सेनाहरूका अधिकारीहरू बनाए।19 मनश्शेका कुल समूहका केही मानिसहरू पनि दाऊदसित मिले। जब तिनीहरू दाऊदसित मिले तब तिनी पलिश्तीहरूका साथ शाऊलसित युद्ध गर्न गए। तर दाऊद अनि तिनका मानिसहरूले पलिश्तीहरूलाई वास्तवमा सहायता गरेनन्। पलिश्ती प्रधानहरूले तिनीहरूलाई दाऊदले सहायता गरिरहेछन् भन्ने विषयमा कुरा गरे, तब तिनीहरूले तिनलाई पठाइदिने निश्चय गरे। ती शासकहरूले भने, “यदि दाऊद तिनका मालिक शाऊल कहाँ फर्के भने हाम्रा शिरहरू काटिने छन्।”20 यी मनश्शेका मानिसहरू थिए जो दाऊदसँग मिलेका थिए जब तिनी सिक्लग शहर गएः अदनाह, योजाबाद, यदीएल, मीकाएल, योजाबाद, एलीहू अनि सिल्लतै। यी सबै जना मनश्शेका कुल समूहबाट सेना अध्यक्षहरू थिए।21 तिनीहरूले दाऊदलाई नराम्रा मानिसहरूसित लड्न सहायता गरेका थिए। ती नराम्रा मानिसहरू देशको चारै तिर गएर मानिसहरूका सामानहरू चोर्थे। मनश्शेका यी सबै मानिसहरू साहसी सैनिकहरू थिए। तिनीहरू दाऊदका सेना प्रधानहरू भए।22 धेरै भन्दा धेरै मानिसहरू दिन प्रतिदिन दाऊदलाई सहायता गर्नआए। यसरी दाऊदका धेरै शक्तिशाली सेनाहरू भए।

23 यी संख्याहरू ती मानिसहरूका हुन जो हेब्रोन शहरमा दाऊद कहाँ आए। यी मानिसहरू युद्धका निम्ति तयार थिए। तिनीहरू शाऊलको राज्याधिकार दाऊदलाई दिन आए। यो त्यही कुरा थियो जो हुने छ भनी परमप्रभुले भन्नु भएको थियो। यो तिनीहरूको संख्या होः24 यहूदाका कुल समूहबाट युद्धका निम्ति25 शिमोनका कुल समूहबाट26 लेवीका कुल समूहबाट27 यहोयादा त्यो समूहमा थिए। तिनी हारून परिवारका अगुवा थिए। यहोयादासित28 सादोक पनि त्यस समूहमा थिए। तिनी एक साहसी युवा सैनकि थिए। तिनी आफ्ना परिवारका बाईस जना अधिकारीहरूसित आए।29 बिन्यामीन कुल समूहबाट30 एप्रैम कुल समूहबाट31 मनश्शे कुल समूहका आधाबाट32 इस्साकार कुल समूहबाट33 जबूलून कुल समूहमा34 नप्तली कुल समूहबाट35 दान कुल समूहबाट36 आशेर कुल समूहबाट युद्धका निम्ति37 यर्दन नदीको पूर्व तर्फबाट रूबेन गाद अनि मनश्शेका आधा कुल समूहबाट38 ती सबै मानिसहरू साहसी लडाकुहरू थिए। तिनीहरू दाऊदलाई राजा तुल्याउन दृढ संकल्प गरेर हेब्रोनमा आएका थिए। समस्त इस्राएलका राजा बनाउन पूर्ण सहमत भएर हेब्रोन शहरमा इस्राएलका अन्य सबै मानिसहरू पनि दाऊद राजा हुनु पर्छ, भन्ने कुरामा सहमत थिए।39 ती मानिसहरूले दाऊदसित हेब्रोनमा तीन दिन बिताए। तिनीहरूले खाए अनि पिए किनभने तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खाने कुरा तयार गरेका थिए।40 तिनीहरूका ती क्षेत्रका छिमेकीहरूले पनि जहाँ इस्साकार, जबूलून अनि नप्तालीका कुल समूहहरू बस्थे! खाने कुरा, गधा, ऊँट, खच्चर अनि गोरूहरूमा लिएर आए। तिनीहरूले प्रशस्त मात्रामा पीठो, नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखका डल्ला, दाखरस, तेल गाई गोरूहरू अनि भेडाहरू ल्याए। इस्राएलका मानिसहरू अत्यन्त प्रसन्न थिए।

 
adsfree-icon
Ads FreeProfile