Lectionary Calendar
Friday, May 24th, 2024
the Week of Proper 2 / Ordinary 7
Attention!
Tired of seeing ads while studying? Now you can enjoy an "Ads Free" version of the site for as little as 10¢ a day and support a great cause!
Click here to learn more!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

विलाप 3

1 म एक मानिस छु जसले पीडाको अनुभव गरेको छ। परमप्रभुले हामीलाई एउटा लाठ्ठीले कुट्नु भयो। अनि जे भयो मैले त्यो देखें।2 परमप्रभुले मलाई डोर्याउनु भयो र ज्योति नभएको कालो अँध्यारोमा ल्‌याउनु भयो।3 परमप्रभुको हात मेरो विरूद्ध उठ्यो, उहाँले दिन भरि घरी-घरी यस्तो गर्नु भयो।4 उहाँले मेरो मासु र छाला तान्नु भयो। उहाँले मेरा हड्डीहरू भाँचि दिनुभो।5 परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो। उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो।6 धेरै समय देखि मृत रहेको मानिस झैं उहाँले मलाई अँध्यारोमा बस्न बाध्या पार्नुभयो।7 परमप्रभुले मलाई बन्द गरेर राख्नु भयो, म उम्कनँ सकिनँ। उहाँले मलाई गह्रुँङ्गो साङ्गलाले बाँध्नुभएको थियो।8 मैले विलाप गर्दै गुहार मागें तर परमप्रभुले मेरो प्रार्थना सुन्नु नै भएन।9 उहाँले मेरो बाटो ढुङ्गाको पर्खाल बनाएर छेकिदिनु भयो। उहाँले मेरो मार्ग ध्वंश गर्नु भयो।10 परमप्रभुले एउटा भालू सरह मलाई आक्रमण गर्न तयार हुनुहुन्थ्यो। उहाँ एक लुकि बस्ने सिंह जस्तै हुनुहुन्थ्यो।11 परमप्रभुले मेरो बाटो नै ढाकि दिनु भयो। उहाँले मलाई टुक्रा-टुक्रा पार्नु भयो। उहाँले मलाई उजाड ठाउँ जस्तो बनाउनु भयो।12 उहाँले आफ्नो धनु तयार पार्नु भयो। उहाँले आफ्नो काँडले मलाई ताँदो बनाउनुभयो।13 उहाँले मलाई भुँडीमा हिर्काउनु भयो। उहाँले मलाई काँडले हिर्काउनु भयो।14 म सारा मानिसहरूको समक्ष हाँसोको पात्र बनेको छु। सारा दिन तिनीहरूले मेरो खिल्ली उडाउँदै गीतहरू गाइरहे।15 परमप्रभुले मलाई दण्ड-स्वरूप विष पिउन दिनुभयो। उहाँले कपको वीटसम्म भर्नु भयो र तितो चिराईतो मिलाएर त्यो सबै पिउन लगाउनुभयो।16 परमप्रभुले मेरो दाँतहरू ढुङ्गामा ठेलेर भाँचिदिनु भयो उहाँले मलाई दलदलमा धकेली दिनुभयो।17 मैले सोचें अब फेरि मैले कहिल्यै शान्ति पाउने छैन्। मसंग भएका सबै राम्रा कुराहरू मैले भूलें।18 मैले आफैलाई भनें, “परमप्रभुबाट सहयोग पाउँने आशा अब म गर्दिन्।”19 परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।20 म राम्रो प्रकारले मेरा कष्टहरू सम्झन्छु र अति उदास छु।

21 तर त्यसपछि अन्य केही कुरा सोचें,। तब ममा आशा जाग्यो। मैले के सोचें भन्दा22 परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन।23 हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ।24 म आफैलाई भन्छु, “परमप्रभु नै मेरो परमेश्वर हुनुहुन्छ अनि म उहाँमाथि विश्वास गर्दछु।”25 परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले प्रतीक्षा गर्दछ। परमप्रभु ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँलाई खोज्दछ।26 ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ!27 मानव जातिको लागि बाल्य अवस्था देखि परमप्रभुको जुवा बोक्नु असल कुरा हो।28 जब परमप्रभुले उसलाई जुवा लगाई दिनु हुन्छ। त्यो मानिस एक्लो र चुपचाप बस्नु पर्छ।29 त्यो मानिसले परमप्रभुको अगाडि आफ्नो अनुहार जमीन तिर निहुराएर घोप्टीनुपर्छ। हुनसक्छ, त्यहाँ अझ आशा होला।30 त्यो मानिसलाई कसैले हिर्काउँदा अर्को गाला पनि फर्काउनु पर्छ। मानिसहरूलाई अपमान गर्न दिनुपर्छ।31 त्यो मानिसले त्यो कुरा याद गर्नु पर्छ कि परमप्रभुले मानिसहरूलाई सदा रद्द गर्नु हुन्न।32 जब परमप्रभुले दण्ड दिनुहुन्छ, उहाँसँग दया पनि हुन्छ। उहाँसँग दया छ किनभने उहाँको महान प्रेम र करूणा अपार छ।33 परमप्रभु मानिसहरूलाई दण्ड दिन चाहनुहुन्न। उहाँ मानिसहरूलाई दुखी बनाउन चाहनुहुन्न।34 परमप्रभु यी कुराहरू मनपारउनु हुन्न। उहाँले पृथ्वीका सारा कैदीहरूलाई आफ्नो खुट्टाले कुल्चन चाहनुहुन्न।35 उहाँले सर्वोच्च परमेश्वर सामु मानिसहरूले मानिसहरूलाई अन्याय गरेको चाहनुहुन्न।36 मानिसलाई धोका दिएको मनपराउनु हुन्न। यस्तो कुराहरू परमप्रभुले पटक्कै मनपराउनु हुन्न।

37 परमप्रभुले आज्ञा नगरूञ्जेलसम्म कसैले पनि एस्तो घट्ना होस् भनेर भन्न सक्तैन।38 सर्वोचय परमप्रभुले नै असल र खराब दुवै घटनाहरू गराउन सक्नु हुन्छ।39 जब परमप्रभुले उसको पापहरूको लागि दण्ड दिनु हुन्छ। कुनै जीउँदो मानिसले विरोध गर्न सक्तैन40 जाँचौं र हेरौं हामीले के के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौ।41 हामी हाम्रा हृदय र हातहरू र्स्वगका परमप्रभुको तर्फ उठाऔं, अनि

42 उहाँलाई भनौं, “हामीले पाप गर्यौं र बागी भयौं त्यसैकारण तपाईंले हामीलाई क्षमा दिनु भएन।”43 तपाईंले स्वयंलाई क्रोधले ढाक्नु अनि हामीलाई खेद्नु भयो। तपाईंले हामीलाई निष्ठुरी प्रकारले मार्नु भयो।44 तपाईंले स्वयंलाई बादलले ढाक्नु भयो त्यसकारण कुनै पनि उपासकहरू तपाईंकहाँ पुग्न सकेनन्।45 तपाईंले हामीलाई अन्य जातिहरू प्रति मैला कसिङ्गर र फोहरी बनाउनु भयो।46 हाम्रा सारा शत्रुहरू हामीसँग क्रोधित भएर बोले।47 हामी अत्यन्तै त्रासीत भयौं र हाम्रो विनाश भयो।”48 मेरा आँखाहरूबाट आँसुका धारा बगे। मेरो मानिसहरूको सर्वनाश देखेर म रोएँ।49 मेरा आँखाबाट निरन्तर आँसु बगिरहे।50 परमप्रभु म लगातार रूने छु, जबसम्म माथिबाट तपाईंले हामीलाई हेर्नुहुन्न। म लगातार रूँने छु जबसम्म तपाईंले स्वर्गबाट हामीलाई हेर्नुहुन्न।51 मेरा सबै शहरहरू रोएको देखेर मेरो आँखाहरूले मलाई दुखी तुल्यायो।52 हामीलाई घृणा गर्ने कुनै कारणै नभाएकाहरूले हामीलाई मात्र चरालाई झैं खेदाए।53 म जीउँदोलाई तिनीहरूले खाडलमा फ्याँकी दिए। तिनीहरूले ममाथि ढुंङ्गाहरू वर्षाए।54 मेरो टाउको सम्म पानी आई पुग्यो। मैले आफैलाई भनें, “म खत्तम भएँ।”

55 हे परमप्रभु, मैले तपाईंको नाउँ डाकें। मैले खाडलको पींदबाट तपाईंलाई पुकारें।56 तपाईंले मेरो आवाज सुन्नुभयो। कान नथुन्नु होस् र मलाई उद्धार गर्नुहोस् अनि मलाई बचाउनु होस्।”57 मैले सहायताका निम्ति गुहारेकै दिन तपाईं आउनुभयो। तपाईंले मलाई भन्नुभयो, “नडराऊ।”58 परमप्रभु, तपाईंले मेरो प्रतिरक्षा गर्नुभयो। तपाईंले मेरो जीवन पुन फर्काई दिनु भयो।59 हे परमप्रभु, तपाईंले मेरो कष्ट देख्नु भएको छ। अब मेरो न्याय गरीदिनु होस्।
60 मेरो विरूद्धमा तिनीहरूले बनाएको सबै प्रतिशोधका योजनाहरू तपाईंले देख्नु भयो।
61 हे परमप्रभु तिनीहरूले मेरो अपमान गरेको सुन्नु भयो। मेरो विरूद्धमा दुष्ट योजनाहरू गरेको तपाईंले देख्नु भयो।
62 मेरा शत्रुहरूका शब्द र विचारहरू सारा समय मेरो विरूद्धछन्।
63 जब तिनीहरू उठ बस गर्छन। हेर्नुहोस् तब मेरो खिल्ली उडाउँदैछन्।
64 हे परमप्रभु! तिनीहरूले गरेको कर्म अनुसार तिनीहरूलाई दण्ड दिनुहोस्। तिनीहरूले जे गरे त्यसको लागि दण्ड भोगाउनुहोस्।
65 तिनीहरू माथि आफ्नो श्राप स्वरूप कठोर हृदय दिनुहोस्।
66 तिनीहरूलाई क्रोधमा खेद्नु होस्। तिनीहरूको सर्वनाश गर्नुहोस् हे परमप्रभु आकाश मुनी देखि तिनीहरूलाई सर्वनाश गर्नुहोस्।

 
adsfree-icon
Ads FreeProfile