Lectionary Calendar
Thursday, May 23rd, 2024
the Week of Proper 2 / Ordinary 7
Attention!
StudyLight.org has pledged to help build churches in Uganda. Help us with that pledge and support pastors in the heart of Africa.
Click here to join the effort!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

भजनसंग्रह 67

1 हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस र आशीर्वाद दिनुहोस्। कृपया हामीलाई ग्रहण गर्नुहोस्!2 म भरोसा गर्दछु कि पृथ्वीमा भएका प्रत्येक मानिसले परमेश्वरको विषयमा जान्ने छन। प्रत्येक जातिले देखुन कि तपाईंले मानिसहरूलाई कसरी बचाउँनु हुन्छ।3 हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्। प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्।4 प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकून्। किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ। अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।5 मानिसहरूले तपाईंको गुण-गान गर्न सकून्। हे परमेश्वर! प्रत्येक मानिसले तपाईंको गुण गाउन सकून्।6 हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्। हाम्रो खेतले विस्तृत फसल दिओस्।7 हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्। अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरसँग डर राखुन् र श्रद्धा गरून्।

 
adsfree-icon
Ads FreeProfile