Lectionary Calendar
Saturday, May 18th, 2024
Eve of Pentacost
Attention!
We are taking food to Ukrainians still living near the front lines. You can help by getting your church involved.
Click to donate today!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

गन्ती 26

1 त्यो डरलाग्दो महामारी पछि परमप्रभुले मोशा र पूजाहारी हारूनको छोरो एलाजारलाई भन्नुभयो,2 “सम्पूर्ण इस्राएली मानिसहरूको समुदायमा जो बीस वर्ष अथवा वेशी उमेरका छन्। तिनीहरूलाई गन र तिनीहरूलाई लडाँईमा जान उपयुक्त हुने परिवार अनुसार सूची बनाऊ।”3 यसकारण मोशा र पूजाहारी एलाजारले तिनीहरूसित यरीहोको पारी यर्दन नदीको नजिक मोआबको मैदानमा कुरा गरे। “तिनीहरूले भने,4 “इस्राएलका सबै मानिसहरू जो बीस वर्ष भन्दा माथिको छ सबैको गन्ती गर, परमप्रभुले मोशा र इस्राएलीहरूलाई आज्ञा गर्नु भए जस्तो जो मिश्रबाट बाहिर आए।”

5 रूबेन इस्राएलको जेठो छोरो हो। रूबेनका सन्तान यस प्रकारले छन्;हनोकबाट हनोकीहरूको कुलसमूह, पल्लूबाट पल्लूईहरूको कुल समूह,6 हिस्रोनबाट हिस्रोनीहरूको कुलसमूह, कर्मीबाट कर्मीहरूको कुल समूह।7 रूबेनहरूका कुलका कुलसमूह यिनीहरू नै थिए। मानिसहरूको जन संख्या8 पल्लूका छोरो एलीआब थिए।9 एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए। यी तिनै दातान र अबीराम हुन् जसलाई समुदायबाट चुने अनि तिनीहरू नै मोशा र हारूनको विरोधमा गए। जब तिनीहरूले परमप्रभुको विरोध गरे दातान र अबीराम कोरहको अनुयायीहरूको वीचमा थिए।10 अनि पृथ्वी र्चकिएर मुख बायो अनि कोरह र तिनीहरूलाई निल्यो। जब कोरहको अनुयायीहरू मरे अनि जब11 तर कोरहका छोराहरू मरेनन्।12 कुलसमूह अनुसार शिमोनको सन्तानहरू यी नै हुन्;नमूएलबाट नमूएलको कुलसमूह, यामीनबाट यामीनीहरूको कुलसमूह, याकीनबाट याकीनीको कुलसमूह,13 जेरहबाट जेरहीहरूको कुलसमूह, शाऊलबाट शाऊलहीहरूको कुलसमूह,14 शिमोनहरूका कुलका कुलसमूहहरू यी नै थिए। तिनीहरूमा जम्मा15 तिनीहरूको कुलसमूह अनुसार गादको कुलसमूह यस प्रकारको थियोःसपोनबाट सपोनीहरूको कुलसमूह, हाग्गैबाट हाग्गैहरूको कुलसमूह, शूनीबाट शूनीहरूको कुलसमूह,16 ओजनीबाट ओजनीहरूको कुलसमूह, एरीबाट एरीहरूको कुलसमूह,17 अरोदाबाट अरोदाहरूको कुलसमूह अरेलीबाट अरेलीहरूको कुलसमूह भए।18 गादाहरूको कुलका कुलसमूहहरू यस प्रकारका थिए र तिनीहरूको जन संख्या19 यहूदाका छोराहरू एर र ओनान थिए र तिनीहरू कनान देशमा मरे। तिनीहरूको कुलसमूह अनुसार यहूदाको सन्तान यस प्रकारको थियोःशेलहबाट शेलानीहरूको कुलसमूह, पेरेसबाट पेरेसीहरूको कुलसमूह, जेरहबाट जेरहातीहरूको कुलसमूह भए।20 21 पेरेसका सन्तानहरू यस प्रकारका थिएः हेस्रोनबाट हेस्रोनीहरूको कुलसमूह, हमूलबाट हामूलीहरूको कुलसमूह।22 यहूदाको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जम्मा जन-संख्या23 तिनीहरूको कुलसमूह अनुसार इस्साकारको सन्तान यस प्रकारको थियोःतोलाबाट तोलाहीहरूको कुलसमूह, पुव्वाबाट पुव्वाहीहरूको कुलसमूह।24 याशूबबाट याशूबीहरूको कुलसमूह, हिम्रोनबाट हिम्रोनीहरूको कुलसमूह।25 इस्साकारको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या26 तिनीहरूको कुलसमूह अनुसार जबूलूनको सन्तान यस प्रकारको थियोःसेरेदबाट सेरेदीहरूको कुलसमूह, एलोनबाट एलोनीहरूको कुलसमूह, यहलेलबाट यहेलेलीको कुलसमूह भए।27 जबूलूनको कुलका कुलसमूहहरू यही हो र तिनीहरूको जनसंख्या28 यूसुफका मनश्शे र एप्रैम नाम गरेका दुई जना छोराहरू थिए।29 मनश्शेबाट भएका सन्तानहरू यिनीहरू नै हुन्माकीरबाट माकीरी कुलसमूह, (माकीर गिलादका बाबु थिए) गिलादबाट गिलादीहरूको कुलसमूह,30 गिलादबाट भएका सन्तानहरूः ईएजरेबाट ईएजेरीहरूको कुलसमूह, हेलेकबाट हेलेकीहरूको कुलसमूह,31 अस्त्रीएलबाट अस्त्रीलीहरूको कुलसमूह, शेकेमबाट शेकेमीहरूको कुलसमूह,32 शमीदाबाट शमीदीहरूको कुलसमूह, हपेरबाट हेपेरीहरूको कुलसमूह33 सलोफाहद हेपेरका छोरो थिए। यिनीबाट कुनै छोरो जन्मेन तर छोरीहरू मात्रै जन्मे। शलोफाहदका छोरीहरू थिए महला, नोआ, होग्लाह, मिल्का अनि तिर्सा।34 मनश्शेको कुलको कुलसमूहहरू यस प्रकारको छ। तिनीहरूको जन संख्या35 एप्रैमको कुलसमूह यस प्रकार छःशूतेलहबाट शूतेलहीहरूको कुलसमूह, बेकेरबाट बेकेरीहरूको कुलसमूह, तहनबाट तहनीहरूको कुलसमूह।36 शूतेलहका कुलसमूह यस प्रकारका थिएः एरानबाट एरानीहरूको कुलसमूह।37 एप्रैमको कुलका कुलसमूहहरू यस प्रकार थिए अनि तिनीहरू को जन-संख्या38 बिन्यामीनका कुलसमूहहरू यिनीहरू हुन्;बेलाबाट बेलाही कुलसमूह, अशबेलबाट अशबेलिहरूको कुलसमूह, अहीरामबाट अहीरामीहरूको कुलसमूह,39 शूपामबाट शपामीहरूको कुलसमूह हूपामबाट हुपामीहरूको कुलसमूह भए।40 अर्द र नामन बेलाका छोराहरू हुन्; अर्दबाट अर्दीहरूको कुलसमूह, नामानबाट नामानीहरूको कुलसमूह भए।41 बिन्यामीनको कुलका कुलसमूहहरू यिनीहरू नै थिए। तिनीहरूको जन-संख्या42 दानका कुलसमूह यिनीहरू हुन्; सूहामबाट शूहामीहरूको कुलसमूह43 दानको कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि सबै सूहामीहरूको जन-संख्या44 आशेरको कुलसमूहहरू यस प्रकार थिएः यिम्नाहबाट यिम्नानीहरूको कुलसमूह, यिशवी बाट यिश्वीहरूको कुलसमूह, बेरीयहबाट बेरीयाहरूको कुलसमूह,45 बेरीयाहबाट यी परिवारहरू थिएः हेबेरबाट हेबेरीहरूको कुलसमूह, मल्कीएलबाट मल्कीएहरूको कुलसमूह।46 (आशेरको सेरह नाम गरकी छोरी थिई)।47 कुलसमूह अनुसार आशेरकुलका यही कुलसमूहहरू थिए र तिनीहरूको जन-संख्या48 कुलसमूह अनुसार नप्तालीबाट यी कुलसमूहहरू थिएःयहसेलबाट यहसेलीहरूको कुलसमूह, गुनीबाट गुनीहरूको कुलसमूह49 येसेरबाट येसेरीहरूको वशं शिल्लेमबाट शिल्लेमीहरूको कुलसमूह।50 कुलसमूह अनुसार नप्ताली कुलका कुलसमूहहरू यिनीहरू नै थिए अनि यिनीहरूको जन-संख्या51 यसर्थ इस्राएली मानिसहरूको जन-संख्या

52 परमप्रभुले मोशालाई भन्नुभयो,53 “यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्।54 ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ।55 तर कसले कुन इलाका पाउने हो त्यो चिठ्ठा द्वारा निर्णय गरिनेछ अनि आफ्ना पुर्खाका कुल अनुसार नाममा तिनीहरू आफ्नो इलाका निर्धारित हुनेछ।56 प्रत्येक कुल समूहको अंश चिठ्ठा द्वारा निर्धारण गरिनेछ।”

57 कुलसमूह अनुसार गन्ती गरिएका लेवीकुलका कुलसमूहहरू यिनीहरू नै हुन्।गेर्शोनबाट गेर्शोनीहरूको कुलसमूह कहातबाट कहातीहरूको कुलसमूह मरारीबाट मरारीहरूको कुलसमूह भए।58 लेवी कुलको कुलसमूहहरू यी नै हुन्।लिब्नीहरूको कुलसमूह, हेब्रोनीहरूको कुलसमूह, महलीहरूको कुलसमूह, मूशीहरूको कोरहीहरूको कुलसमूह।कहात अम्रामका पिता थिए।59 अम्रामकी पत्नीको नाम योकेबेद थियो अनि तिनी लेवी कुलसमूहकी थिइन्। तिनी मिश्रदेशमा लेवी कुलमा जन्मेकी थिइन्। अनि योकेबेल आम्रामका निम्ति, हारून, मोशा र मरियमलाई जन्माईन्।
60 हारून नादाब, अबीहू, एलाजार अनि इतामारका पिता थिए।
61 तर नादाब र अबीहू परमप्रभुको अघि अनुमति नभएको आगोमा बलि चढाएको कारणले मरे।
62 एक महीना र अधिक उमरेका पुरूष गन्दा लेवीहरूको संख्या

63 यी मानिसहरूको गन्ती मोशा र पूजाहारी एलाजारले गरेका थिए। मोशा र एलाजार पूजाहारीले इस्राएली मानिसहरूको गन्ती यरीहोको पारी यर्दन नदीको किनार मोआबको मैदानमा गरेका थिए।
64 धेरै दिन अघि सिनै मरूभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्।
65 किन? किनभने तिनीहरू मरूभूमिमा मर्छन भनी परमप्रभुले भन्नु भएको थियो। तिनीहरू मध्ये बाँचेकाहरू हुन् यपुन्नेको छोरो कालेब र नूनको छोरो यहोशू।

 
adsfree-icon
Ads FreeProfile