Lectionary Calendar
Saturday, May 18th, 2024
Eve of Pentacost
Attention!
We are taking food to Ukrainians still living near the front lines. You can help by getting your church involved.
Click to donate today!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

भजनसंग्रह 116

1 जब परमप्रभुले मेरो प्रार्थना सुन्नु हुँदछ त्यो मलाई मन पर्दछ।2 जब मैले गुहार माग्दा उहाँले मलाई सहाएता दिनुहुन्छ त्यो मलाई मन पर्छ।3 म मर्न आटेको थिंए। मृत्युको डोरीहरूले मलाई वरिपरि बाँधिएको थियो। चिहान मेरो वरिपरि थियो म भयभीत र चिन्तित थिएँ।4 तब मैले परमेश्वरको नाउँ डाकें। मैले भने, “परमप्रभु, मलाई बचाउनु होस्!”5 परमप्रभु धार्मिक र करूणामय हुनुहुन्छ। हाम्रा परमेश्वर कृपालु हुनुहुन्छ।6 परमप्रभुले असहाय मानिसहरूको हेरचाह गर्नु हुन्छ। म असहाय थिएँ अनि परमप्रभुले मलाई बचाउनु भयो।7 हे मेरो प्राण, विश्राम गर! परमेश्वरले तिमीलाई हेरचाह गरिरहनु भएको छ।8 हे परमेश्वर, तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउनु भयो। तपाईंले मेरो आँसुहरू थामिदिनु भयो। तपाईंले मलाई पतन हुनदेखि जोगाउनु भयो।9 जीवितहरूको देशमा पनि म परमप्रभुको सेवा अनवरत गर्नेछु।

10 यद्यपि मैले भने अझ पनि मेरो विश्वास थियो, “म सर्वनाश भएँ!”11 हो, मलाई विश्वास थियो, जब म डराएको थिएँ, मैले भने, “सबै मानिसहरू झूटा छन्!”12 म परमप्रभुलाई के दिन सक्छु र? ममा भएका सबै कुराहरू परमप्रभुले नै दिनु भएको हो।13 उहाँले मलाई बचाउनु भयो, यसकारण म उहाँलाई अर्घ बलि चढाउनेछु। अनि म परमप्रभुको नाउँ बोलाउनेछु।14 परमप्रभुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। म अब सम्पूर्ण मानिसहरूका समक्षमा जानेछु।15 परमेश्वरका भक्तजनहरू मध्ये एउटै पनि मर्यो भने त्यो उहाँको निम्ति महत्वपूर्ण हुनेछ। परमप्रभु तपाईंको दासहरू मध्ये म एक हुँ।16 हे परमप्रभु, म तपाईंको दास हुँ। म तपाईंकी एकजना सेविकाको बालक हुँ। परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो!17 म तपाईंलाई धन्यवादको भेटी टक्र्याउने छु। म परमप्रभुको नाउँ पुकार्नेछु।18 आफुले वचन दिएको कुराहरू म परमेश्वरलाई दिनेछु। अब म सम्पूर्ण मानिसहरूको समक्ष जाने छु।19 म यरूशलेमको मन्दिरमा जाने छु। परमप्रभुको प्रशंसा गर!

 
adsfree-icon
Ads FreeProfile