Lectionary Calendar
Thursday, May 23rd, 2024
the Week of Proper 2 / Ordinary 7
Attention!
Partner with StudyLight.org as God uses us to make a difference for those displaced by Russia's war on Ukraine.
Click to donate today!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

भजनसंग्रह 82

1 परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ। उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।2 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले कहिले सम्म मानिसहरूलाई पक्षपाती न्याय गर्नेछौ? कहिले सम्म तिमीहरूले दुष्ट मानिसहरूलाई कुनै प्रकारको दण्ड नदिइकन छोडी दिन्छौं?”3 “गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर। ती गरीब मानिसहरूका अधिकारको रक्षा गर।4 ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर। दुष्ट मानिसहरूबाट तिनीहरूलाई बँचऊ।5 “तिनीहरू के भइरहेछ त्यो पनि जान्दैनन्। तिनीहरू बुझ्दैनन्! तिनीहरू स्वयं गरिरहेका छन्, त्यो पनि बुझ्दैनन्, तिनीहरूको संसार तिनीहरूकै चारैतिर झरी सक्यो वा झर्दै गइरहेछ!”

6 म भन्दछु, “तिमीहरू देवताहरू हौ। तिमीहरू एकदम सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।7 तर तिमीहरू मर्नेछौ जसरी अन्य अगुवाहरू मर्दछन्।”8 हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्त्ता हुनुहोस्। तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।

 
adsfree-icon
Ads FreeProfile