Lectionary Calendar
Sunday, April 5th, 2026
Easter Sunday
Attention!
Tired of seeing ads while studying? Now you can enjoy an "Ads Free" version of the site for as little as 10¢ a day and support a great cause!
Click here to learn more!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

2 शमूएल 12

1 परमप्रभुले नातानलाई दाऊदकहाँ पठाउनुभयो। नातान दाऊदकहाँ गए। नातानले भने, “एउटा शहरमा दुइजना मानिसहरू थिए। एकजना धनी अर्को एकजना गरिब।2 त्यस धनी मानिसका धेरै भेडा र पशुहरू थिए।3 तर त्यस गरिब मानिसको एउटा किनेको भेडाको सानो पाठी बाहेक केही थिएन त्यस गरिब मानिसले त्यो पाठीलाई खुवाउँथ्यो। पाठी बिस्तारै ठूलो हुँदै गयो। त्यस गरिब मानिसकै भागबाट पाठी खान्थ्यो र पिउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुत्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो।4 “तब एकजना यात्री धनी मानिसलाई भेट्न आए। धनी मानिसहरूले यात्रीलाई भोजन गराउन चाहान्थे। तर आफ्ना भेडा अथवा पशुहरू मारेर खुवाउन चाहाँदैन थिए। यसैले धनी मानिसले त्यस गरिब मानिसको भेडाको पाठी ल्याएर यात्रीलाई खुवाए।”5 दाऊद धनी मानिसको अत्याचारमा साह्रै रिसाएर। तिनले नातानलाई भने, “परमप्रभुको कसम जसले त्यसो गर्यो त्यो मर्छ नै।6 उसले भेडाको पाठीको दामको चार दोब्बर दाम तिर्नुपर्छ कारण उसले त्यस्तो डरलाग्दो कार्य कुनै दयामाया बेगरै गर्यो।”7 तब नातानले दाऊदलाई भने, “त्यो धनी मानिस तिमी नै हौ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘मैले तिमीलाई इस्राएलको राजाको रूपमा छाने। शाऊलबाट तिमीलाई बचाएँ।8 मैले तिमीलाई उसकी पत्नीहरू र परिवार लिन अधिकार दिएँ। अनि मैले तिमीलाई इस्राएल र यहूदाको राजा बनाएँ। यदि त्यो एकदमै कम्ति भए म तिमीलाई अझ ज्यादा दिने थिए।9 यसकारण किन तिमीले परमप्रभुको आदेशलाई घृणा गर्यौ? तिमीले परमेश्वरले जो भूल बताउनु हुन्छ तिमी किन त्यही गर्छौ? हित्ती उरियाहको मृत्युलाई अम्मोनीहरूको तरवारको कारण बनायौ। अनि तिमीले उसकी पत्नीलाई तिम्रो आफ्नै बनाउन लियौ। यस्तो प्रकारले उरियाहलाई तरवारले मार्ने तिम्रो जिम्मा हो?10 यसकारण तरवारले तिम्रा परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।’11 “परमप्रभु यसो भन्नुहुन्छः ‘म तिमीमा विपत्ति ल्याइदिन्छु। त्यो विपत्ति आफ्नै परिवारबाट आउनेछ। म तिम्रो पत्नीहरूलाई तिम्रो एउटा धेरै नजिकका व्यक्तिलाई दिनेछु। त्यो मानिस तिम्री पत्नीहरूसँग सुत्नेछ र सबैले त्यो कुरा जान्नेछन्।12 तिमी त गुप्त रूपमा बेतशेबासँग सुत्यौ। तर म तिमीलाई इस्राएलका मानिसहरूले थाहा पाउने गरी सजाय दिन्छु।”‘13 तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरूद्धमा पाप गरें।”नातानले दाऊदलाई भने, “तिमीले यत्रो ठूलो पाप गरेर पनि परमप्रभुले क्षमा गर्नेछन्। तिमी मर्ने छैनौ।14 तर तिमीले जे गर्यौ त्यसले गर्दा परमप्रभुका शत्रुहरूले उहाँलाई आदर गर्न छोडे। यही कारण तिम्रो काखको छोरा मर्नेछ।”

15 त्यसपछि नातान घर गए। परमप्रभुले दाऊद र उरियाहकी पत्नीबाट जुन छोरा जन्मियो, त्यसलाई साह्रै बिमारी बनाइदिनु भयो।16 दाऊदले शिशुको निम्ति परमेश्वरमा प्रार्थना गरे। दाऊदले खान पिउन नै छोडे। उनी घर गएर भित्रै बस्न थाले। रातभरि भूइँमा नै लडिरहन थाले।17 दाऊदका घरका ठूला बडाले दाऊदलाई बलपूर्वक उठाउन खोजे। तर दाऊद उठ्न मानेनन्। उनले खाना खान पनि मानेन्।18 सातौं दिनको दिन शिशु मर्यौ। दाऊदका नोकरहरूले दाऊदलाई शिशु मरेको खबर भन्न साह्रै डराए। तिनीहरूले भने, “हेर्नुहोस्, शिशु जब जिउँदै थियो त्यस समय त हामीले दाऊदसँग कुरा गर्न सकेनौं। हाम्रो कुरा सुन्नै चाहानु भएन। यदि हामीले शिशु मरेको खबर दियौं भने आफैंले आत्महत्या गर्न सक्लान्।”19 तर दाऊदले नोकरहरूले कानेखुशी गरेको थाहा पाए। तब दाऊदले शिशु मरेको अन्दाज गरे। यसैले दाऊदले नोकरलाई सोधे, “के शिशु मर्यो?”नोकरहरूले जवाफ दिए, “ज्यू, मर्यो।”20 त्यसपछि दाऊद भुँइबाट उठे। आफू स्नान। लुगाहरू लगाएर तयार भए। त्यसपछि परमप्रभुको पवित्र स्थानमा आराधना गर्न गए। फर्केर आई खानेकुरा के छ भनेर मागे। नोकर चाकरले खाना टक्राए, तिनले खाए।21 दाऊदका नोकरहरूले तिनलाई सोधे, “तपाईंले यसो किनगर्नु भयो? जबसम्म शिशु जिउँदै थियो तपाईंले केही पनि खानुभएन। तपाईं रोइरहनु भयो। तर जब शिशु मर्यो अनि उठेर खाना खानुभयो।”22 दाऊदले भने, “जबसम्म शिशु जीवित रह्यो मैले केही खाइन। र रोइ मात्र रहे कारण मैले सोचें, ‘कसलाई थाहा छ? हुनसक्छ परमप्रभु मेरो निम्ति दुःखी हुनुहुन्छ र शिशुलाई बचाइराख्नु हुन्छ।’23 तर अहिले शिशु मर्यो। अब पनि म किन नखाई बस्ने? के म शिशुलाई जीउँदो पाउन सक्छु? सकिंदैन। कुनै दिन म त्यो भएकहाँ जाउँला, तर त्यो यहाँ मकहाँ आउन सक्दैन।”24 त्यसपछि दाऊदले आफ्नी पत्नी बेतशेबालाई सान्त्वना दिए। तिनले पत्नीसँग शारिरीक सम्बन्ध पनि स्थापित गरे। बेतशेबा फेरि गर्भवती भइन्। अर्को छोरा जन्माइन्। दाऊदले छोराको नाउँ सुलेमान राखे। परमप्रभुले सुलेमानलाई प्रेम गर्नु भयो।25 परमप्रभुले अगमवक्ता नातानद्वारा सन्देश पठाउनुभयो, नातानले सुलेमानको नाउँ यददीया राखे। नातानले परमप्रभुको निम्ति यसो गरे।

26 रब्बा शहर अम्मोनीहरूको राजधानी थियो। योआबले रब्बामाथि लडाईं गरेर अधिकार जमाए।27 योआबले दाऊदकहाँ दूतहरू पठाएर खबर भने, “मैले रब्बा बिरूद्ध लडाईं गरें। मैले पानीको शहर जितें।28 अब अरू सैनिकहरू ल्याएर रब्बामाथि अधिकार जमाउनुहोस् नत्र यदि मैले शहरमाथि अधिकार जमाए भने शहरको नाउँ मेरो आफ्नो नाममा हुनेछ।”29 यसैले दाऊदले मानिसहरू भेला पारेर रब्बातिर लागे। तिनले रब्बामा धावा बोलेर आफ्नो अधिकार जमाए।30 दाऊदले उनीहरूका राजाको मुकुट झिकिदिए। उक्त मुकुटको ओजन झण्डै एक तोडासुनको थियो। त्यसमा बहुमूल्य पत्थरहरू पनि जडित थिए। तिनीहरूले दाऊदको शिरमा उक्त मुकुट पहिर्याए। दाऊदले शहरबाट धेरै बहुमूल्य सम्पत्ति हात पारे।31 दाऊदले रब्बा शहरदेखि मानिसहरू बाहिर ल्याए। तिनीहरूलाई आरा, गल र बञ्चरोहरूले काम गर्न लगाए। ईंटाको काम गर्न लगाए। दाऊदले सबै अम्मोनीहरूका शहरमा एउटै व्यवहार गरे। त्यसपछि दाऊद र तिनका फौज यरूशलेम फर्किए।

 
adsfree-icon
Ads FreeProfile