Lectionary Calendar
Sunday, April 5th, 2026
Easter Sunday
Attention!
Tired of seeing ads while studying? Now you can enjoy an "Ads Free" version of the site for as little as 10¢ a day and support a great cause!
Click here to learn more!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

प्रेरित 21

1 हामीले अग्रजहरूबाट बिदा लिए पछि जहाज चल्न शुरू भयो। हामी समुद्र यात्रा गरेर सोझै कस टापू गयौं। अर्को दिन रोडसको टापूमा आयौ। त्यहाँदेखि पटारा पुग्यौं।2 पटारामा हामीले एक जहाजमा समुद्र यात्रा गरेर गयौं।3 हामी साइप्रस टापूको छेउमा पुग्यौं। हामी त्यसलाई उत्तर दिशा तर्फ हेर्न सक्दथ्यौ तर हामी रोकिएनौ। हामी सिरिया देशमा गयौं। हामी टायर शहरमा थामियौं किनभने जहाजले बोकेको माल वस्तु झार्नु थियो।4 हामीले टायर शहरमा येशूका चेलाहरू भेट्यौं र उनीहरूसंगै सात दिन बस्यौं। तिनीहरूलाई पवित्र आत्माले दिएको खबरको आधारमा तिनीहरूले पावललाई यरूशलेम नजानु भनी चेतावनी दिए।5 तर जब हामीले त्यहाँको भ्रमण शेष गर्‌यो, विदा लियौं र यात्रा जारी नै राख्यौ। सबै येशूका चेलाहरू यहाँ सम्म कि स्वास्नीमानिसहरू र केटाकेटीहरूले पनि हामीलाई बिदा दिन शहर बाहिरसम्म आए। हामी सबैले किनारमा घूँडा टेक्यौ अनि प्रार्थना गरयौ।6 त्यसपछि हामीले विदा लिएर जहाजमा चढयौ। चेलाहरू घर फर्के।7 हामी टायरदेखि आफ्नो यात्रा जारी राख्दै टोलेमाइस शहरमा गयौं। हामीले चेलाहरूलाई स्वागत गरयौं र उनीहरूसंग एकदिन बस्यौं।

8 अर्को दिन टोलेमाइस शहर छाड्‌यौ अनि सिजरिया शहरमा गयौं। हामी फिलिपको घरमा गयौं र बस्यों। फिलिप सुसमाचर प्रचार गरेर पमेश्वरको सेवा गरिरहेका थिए।9 उनका चारजना अविवाहित छोरीहरू थिए र तिनीहरूले अगामवाणी गर्ने प्रतिभा पाएका थिए।10 त्यहाँ धेरै दिन बसेपछि, एकजना अगमवक्ता अगाबस यहूदीयाबटा आए11 तिनी हामीकहाँ आए र पावलको पेटी मागे। त्यसपछि अगाबसले त्यो पटीले हात र खुट्टा बाँधे अनि भने, “पवित्र आत्माले , भन्नुहुन्छ, यो पेटी जसको हो उसलाई यसरी यरूशलेमा यहूदीहरूले बाँध्नेछन्। त्यसपछि तिनीहरूले उसलाई गैर-यहूदी मानिसहरूकहाँ सुम्पिन्छन्।”12 हामी सबैले ती शब्दहरू सुन्यौं। यसैले हामीहरू र येशूका अरू स्थानीय चेलाहरूले पावललाई यरूशलेम नजानु भनेर बिन्ती गर्यौं।13 तर पावलले भने, “तिमीहरू किन रोई रहेछौ? किन मलाई यति साह्यो खिन्न पारी रहेछौ? म यरूशलेममा बाँधिन तयार छु। म प्रभु येशूको नाउँको निम्ति मर्न सम्म तयार छू!”14 हामीले उनलाई यरूशलेमबाट टाढा राख्न सकेनौं। यसकारण हामीले उनलाई बिन्ती गर्न छोडी दियौं र भन्यौं, “हामी प्रार्थना गर्छौं कि जे प्रभुले चाहनु हुन्छ त्यही हुनेछ।”

15 त्यसपछि हामी यरूशलेममतिर जान तयार भयौं16 सिजरियावासी येशूका कतिपय चेलाहरू हामीसंग गए। ती चेलाहरूले हामीलाई साईप्रसका मानिस मनासोनको घरमा लगे। मनासोन येशूका एकजना एकदम पुरानो चेला थिए। तिनीहरूले हामीलाई उनको घरमा लगे र हामी त्यही बस्यौं।17 यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए।18 अर्कोदिन, याकूबलाई भेट्न पावल हामीसंग गए। सबै अग्रजहरू पनि त्यहाँ थिए।19 पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के के कामहरू गर्नुभयो एक एक गरी वृतान्त सुनाए।20 जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ।21 अरू देशहरूमा गैर-यहूदीहरू माझमा बस्ने यहूदीहरूलाई तिमीले मोशाको व्यस्था पालन नगर्नु भनी शिक्षा दियौ भन्ने तिनीहरूले सुनेकाछन् कि यहूदीहरूका छोरा-छीरीहरूलाई खतना गर्नु पर्दैन र हाम्रो रीति-रिवाज मान्नु पर्दैन भनी तिमीले शिक्षा दियौ।22 के गर्नु पर्ने? यहाँ यहूदी विश्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्।23 यसर्थ के गर्नु पर्ने हो हामी बताँउछौः हाम्रा चारजना मानिसहरूले परमेश्वरलाई वाचा गरेका छन्।24 यिनीहरूलाई लिएर जाऊ र तिनीहरूसंगै आफू पनि चोखिनु। तिमीले तिनीहरूको केश खोरने पैसा देऊ यसो गरे यो प्रमाण हुनेछ कि तिम्रो विषयमा तिनीहरूले जे सुने त्यो सत्य होइन। तिनीहरूले तिमीले मोशाको नियम तिम्रो आफ्नै जीवनमा पालन गरेको देख्नेछन्।25 गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिट्ठी यसो भन्दै पठाएका छौः‘मूर्तिहरूमा चढाएको खाद्य नखानु रगत नखानु निमोठेर मारेका पशू नखानु र कुनै प्रकारको व्यभिचार नगर्नु।”‘26 पावल ती चारजना मानिसहरू आफ्नो साथ लिएर गए र तिनीहरूका चोखिने उत्सवमा भाग लिए। त्यसपछि चोखिने दिनको समापन कहिले हुने अनि तिनीहरू प्रत्येकलाई भेटी दिंइने त्यसको उद्घोषणा गर्न तिनी मन्दिरभित्र गए।

27 जब सात दिन बित्न लागेको थियो कतिपय एशियाका यहूदीहरूले पावललाई मन्दिर प्रागंणमा देखे। तिनीहरूले सबै मानिसहरूलाई उत्तेजित बनाए अनि पावललाई पक्रे।28 तिनीहरू जोडले चिच्याए, “यहूदीहरू हो, हामीलाई सघाऊ। यही मानिस हो जसले मोशाको व्यस्थाको विरूद्ध, आफ्नै मानिसहरूका विरुद्ध, यी मन्दिरको विरुद्ध, शिक्षा दिइरहेछ। यो मानिसले यी कुराहरू सबै मानिसहरूलाई चारैतिर सिकाइरहेछ। अनि उसले कतिपय गैर-यहूदीहरूलाई मन्दिरको प्राङ्गणमा ल्याएकोछ। उसले यस पवित्र ठाउँलाई अशुद्ध पारेको छ!”29 यहूदीहरूले यसो भनेको कारण उनीहरूले एफिससका त्रोफिमसलाई पावलसंग यरूशलेमा देखेका थिए अनि सोचे कि उनलाई पावलले मन्दिर क्षेत्रभित्र ल्याएको छ।30 यरूशलेममा खलबल मच्चियो। मानिसहरू सबै तिरबाट दौडेर आए अनि पावललाई पक्रे अनि तानेर मन्दिरको क्षेत्रबाट बाहिर निकाले। मन्दिरको प्रवेशद्वारहरू तुरुन्तै बन्द भए।31 जब मानिसहरूको भीडले पावललाई मार्न तरखर गर्दै थिए रोमन सेनापतिले सम्पूर्ण शहरमा गण्डागोल भइरेको सूचना पाए।32 सेनापति तुरन्त त्यस ठाउँमा केही सेना अधिकारीहरू र सेनाहरू साथमा लिएर पुगे। मानिसहरूले सेनापति र सेनाहरू आएका देखे, तिनीहरूले पावललाई कुटपिट गर्न छोडे।33 तब सेनापति पावलको छेउमा गएर पक्राउ गरे। सेनापतिले आफ्ना सेनाहरूलाई पावललाई दुइवटा सागँलाहरूले बाँध्नु भनी हूकूम दिए। त्यसपछि सेनापतिले सोधे, “यो मानिस को हो? उसले के गल्ती गरेको छ?”34 कतिपय मानिसहरूले एक थरीका कुराहरू गरिरहेका थिए अनि अन्य कतिपय मानिसहरूले अर्को थरीका कुराहरू गरिरेहका थिए।। यस्तो अन्योलका कुराहरूले गर्दा सेनापतिले सत्य कुरा पत्ता लगाउन सकेनन। तसर्थ, सेनापतिले सेनाहरूलाई सेना भवनमा पावललाई लैजान भन्ने हुकूम गरे।35 सम्पूर्ण जनसमूह तिनीहरूका पछि आए। जब सिपाहीहरू सिढीका छेउमा आइपुगे, तब तिनीहरूले मानिसहरूको हिंसाको कारणले पावललाई बोकेर लगे। मानिसहरू तिनीहरूलाई पछ्याउदै कराए।, “त्यसलाई मार!”36 37 सेनाहरू पावललाई सैन्य भवनमा लैजान तयार थिए। तर पावल सेनापतिसंग बोले। उनले सोधे, “तपाईंलाई केही भन्न सक्छु?” सेनापतिले भने, “अरे! तिमी ग्रीक भाषा बोल्छौ?”38 मैले सोचेको मानिस तिमी होइन रहेछौ? मैले तिमीलाई मिश्रदेशवासी सम्झिरहेको थिएँ जसले (सरकाको विरुद्ध) केही अघि विद्रोह गर्न थालेको थियो। र उ मरुद्यानमा चार हजार ज्यानमाराहरूका अगुवा भएका थिए।”39 पावलले भने, “म सिलिसियाका देशबाट आएको यहूदी हुँ म त्यहाँ प्रसिद्ध शहर टार्ससको नागरिक हुँ। दया गरेर मलाई मानिसहरूसंग बोल्न दिनुहोस्।”40 सेनापतिले पावललाई मानिसहरूसंग बोल्नु अनुमति दिए। यसकारण उनी सिढीमा उभिए अनि उनले हातको इशाराले मानिसहरू शान्त हुनु भने। जब मानिसहरू शान्त भए पावल तिनीहरूसंग बोले। उनले यहूदी भाषामा तिनीहरूसंग बोले।

 
adsfree-icon
Ads FreeProfile