Wednesday in Easter Week
Click here to join the effort!
Read the Bible
पवित्र बाइबल (सरल नेपाली)
à¤à¤®à¥à¤¸ 8
1 परमप्रभुले मलाई यो देखाउनु भयो। मैले ग्रीष्म ऋतुमा पाकेको फलको डाला देखें।2 परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?” मैले भने,“ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।”तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरु इस्रएलको अन्त आयो। म तिनीहरुको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ।3 अन्तिम समयमा परमप्रभुकोभवनमा शोकपूर्ण गीतहरु गाइन्छ, मेरा परमप्रभु मालिक भन्नुहुन्छ, “लाशहरु प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरु लगिनेछन्।”
4 सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्। तिमीहरुले यस देशको गरीबहरु नष्ट पार्न चाहन्छौ।5 हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ, “औंसी कहिले बित्छ ता कि हामी गहुँ बेच्न सक्छौं। कहिले शाबाथ बित्ला र हामीले बेच्न शुरु गर्ने? तब हामीले खोटो तराजुप्रयोग गरेर ठग्न सक्छौ र हाम्रा ग्राहकहरुलाई धोका दिन सक्छौ।6 तिमीले आफैलाई भन्छौ, “हामीले गरीबलाई चाँदीले किन्छौं अनि दरिद्रलाई एक जोडी जुत्ताले किन्छौं। हामी सडेको गहुँ पनि बेच्छौं।”7 परमप्रभुले ‘याकुब गर्व नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो, “म उसको कर्म कदापि भुल्ने छैन।”8 किनभने यी कार्यहरुको कारण सम्पूर्ण भूमि काम्नेछ। यस देशमा बस्ने प्रत्तेक मानिस मृत्यु भएको मानिसहरुको निम्ति रुनेछन्। मिश्रको नील नदी जस्तैसम्पूर्ण भूमि उठ्नेछ र तल झर्नेछ। भूमि यता उता फ्याँकिनेछ।”9 परमप्रभुले भन्नुभयो, “म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु।10 म तिमीहरुको चाडको दिनहरुलाई शोक मनाउने दिनहरुमा र खुशीको सबै गीतहरुलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु। म तिमीहरुलाई वस्त्रहरु शोकलगाएका बनाउनेछु र टाउको खौराउनेछु। म तिमीहरुले जन्माएको एउटै मात्र छोरो मर्दा शक गरे जस्तै परिदिन्छु अनि यो तिक्त दिन हुनेछ।”
11 परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो दिन नजिकै आउँदैछ जब म देशमा अनिकाल ल्याउँनेछु। मानिसहरु रोटी र पानीको निम्ति भोकाउनेछैनन्। तर मानिसहरुपरमप्रभुको वचनको निम्ति भोकाउनेछन्।12 तिनीहरु परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि महासागर सम्म यता-उता जानेछन् अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरु परमेश्वरकोवचनको निम्ति यता-उता गर्नेछ तर तिनीहरुले पाउने छैनन्।13 त्यस समय सुन्दर युवक र युवतीहरु तिर्खाले मुर्छा पर्नेछन्।14 तिनीहरुले सामरियाका मूर्तिहरुद्वारा शपथ खान्छन्, तिनीहरुले भन्छन्, ‘दानको मुर्तिहरुद्वारा अथवा बेर्शेबाको मुर्तिहरुद्वारा।’ तर यी मानिसहरु लडनेछन् र कहिल्यैपनि उठ्ने छैनन्।”