Lectionary Calendar
Tuesday, April 7th, 2026
Tuesday in Easter Week
Attention!
For 10¢ a day you can enjoy StudyLight.org ads
free while helping to build churches and support pastors in Uganda.
Click here to learn more!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

गलाती 2

1 चौध र्वष बितेपछि बर्णाबाससित म फेरि यरूशलेम गएँ। र तीतसलाई साथमा लगें।2 म गएको कारण परमेश्वरले मलाई त्यहाँ जानै पर्ने देखाउनु भयो। मैले विश्वासीहरूका अगुवाहरूलाई त्यहाँ भेटें। जब हामी एकान्त भयौं मैले तिनीहरूलाई त्यही सुसमाचार व्याख्या गरें जुन म अ-यहूदीहरू माझ प्रचार गर्छु। तिनीहरूले मेरो काम बुझुन् भन्ने म चाहन्थें जसमा कि मेरा विगतका कामहरू र वर्तमानका प्रयासहरू खेर नजाऊन्।3 तीतस मसितै थिए। तीतस ग्रीक थिए। तर ती विश्वासीहरूले तीतसलाई खतना गर्नु कर लगाएनन्। हामी यस्तै समस्याहरू बारे कुरा गर्न चाहन्थ्यौं, किन कि कतिपय अविश्वासीहरू गुप्त रूपले हाम्रा दलमा पसेका थिए। ख्रीष्ट येशूमा हाम्रो स्वतंत्रता बुझ्न तिनीहरू जासूस बनेर पसेका थिए।4 5 तर हामी ती झूटा भाइहरूले चाहेका कुरामा अलिकति पनि झूकेनौं जसमा कि तिमीहरूमा सुसमाचारको सत्यता रहिरहोस्।6 तर ठूला-बड मानिसहरूले मैले प्रचार गरेको सुसमाचारलाई अदल-बदल गरेनन्। तिनीहरू “ठूला-बडा” होलान् कि नहोलान् त्यसले मलाई केही फरक पर्दैन। परमेश्वरका निम्ति सबै एक समान छन्।7 तर ती नाइकेहरूले देखे कि परमेश्वरले पत्रुसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो8 परमेश्वरले पत्रुसलाई यहूदीहरूको प्रेरित भएर काम गर्नु लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो।9 याकूब, पत्रुस र यूहन्ना अगुवा जस्ता मानिन्छन्। तिनीहरूले बुझे कि परमेश्वरले मलाई विशेष वरदान दिनु भएकोछ। यसकारण तिनीहरूले बर्णाबास र मलाई स्वीकार गरे। तिनीहरूले भने, “पावल र बर्णाबास, हामी मान्छौं कि तिमीहरू ती मानिसहरूकहाँ जाऊ जो यहूदी होइनन् र हामी चाँहि यहूदीहरू माझ जान्छौं।”10 तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु।

11 जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए।12 यो कसरी भयो भनेः जब पत्रुस पहिलो पटक एन्टिओकमा आए उनी गैर-यहूदीहरूसँग खाए अनि बसे। जब याकूबकहाँबाट केही यहूदीहरू आए पत्रुसले ती गैर-यहूदीहरूसित संगत गर्न छोडे। उनले आफूलाई गैर-यहूदीहरूदेखि अलग राखे, उनले तिनीहरूसित खानु छोडिदिए। किन? किनभने उनी यहूदीहरूसँग डराए। जसले सबै गैर-यहूदीहरूले खतना गर्नु पर्छ भनी विश्वास गर्थे।13 त्यहाँ भएका अरू यहूदी ख्रीस्टियनहरूले पनि पत्रुसको कपटीपनमा साथ दिए। बर्णाबास पनि तिनीहरूबाट प्रभावित भए अनि एक कपटीले जस्तो काम गरे।14 मैले यी यहूदीहरूको मन विचारे। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुन्ने मैले पत्रुसलाई भनेः “पत्रुस तिमी यहूदी हौ। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाँउछौ?”15 हामी यहूदीहरू जन्मैका यहूदी हौं, गैर-यहूदी पापीहरू जस्ता होइनौं।16 हामी जान्दछौं, व्यवस्था मान्दैमा कोही पनि परमेश्वरको अघि धर्मी बन्दैनौं। येशू ख्रीष्टमा विश्वास गरे मात्र मानिस परमेश्वरमा धर्मी बन्न सक्छ। यसकारण हामी पनि येशू ख्रीष्टमा विश्वास गर्छौं। अनि परमेश्वरको माध्यममा ख्रीष्टमा विश्वास राखेर नै हामी परमेश्वरको सेवक बनेकाछौं, व्यवस्था मानेर होइन्। किन कि व्यवस्था मानेर मात्र कोही पनि धर्मी बन्न सक्दैन।17 धर्मी बन्न हामी ख्रीष्टमा विश्वास गरयौ। यसबाट हामी पनि पापीहरू थियौं भन्ने स्पष्ट छ। तब के ख्रीष्टले हामीलाई पापी बनाँउछन्? पक्कै होइन। 18 यदि मैले फेरि त्यही छोडिसकेको व्यवस्था प्रचार गरें भने मैले स्वीकारें कि मैले व्यवस्था भङ्ग गरें।19 व्यवस्थामा बाँच्न मैले त्यागीसकेकोछु। त्यही व्यवस्थाले मलाई मार्यो। ती व्यवस्थाकोलागि म मरिसकेकोछु ताकि म परमेश्वरकोलागि बाँचेकोछु। म ख्रीष्टसितै क्रूसमा टाँगिएँ।20 यसैले म बाँचिरहेको छैन तर ख्रीष्ट हुनुहुन्छ जो ममा बाँचिरहनु भएकोछ। म मेरो शरीरमा अझै जीवित छु तर म परमेश्वरका पुत्रको विश्वासमा जीवित छु। मलाई उहाँले प्रेम गर्नु भयो अनि मलाई बचाउन उहाँले मेरो निम्ति आफैलाई अर्पण गर्नु भयो।21 परमेश्वरबाट पाएको यो वरदान मलाई खुबै महत्वपूर्ण छ। किनभने यदि व्यवस्थाले हामीलाई परमेश्वरको धर्मी बनाउँदो हो त, ख्रीष्टलाई मर्न कुनै आवश्यक थिएन।

 
adsfree-icon
Ads FreeProfile