Lectionary Calendar
Saturday, April 4th, 2026
Holy Saturday
Easter is tomorrow
Attention!
Take your personal ministry to the Next Level by helping StudyLight build churches and supporting pastors in Uganda.
Click here to join the effort!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

यशैया 60

1 “मेरो प्रकाश, यरूशलेम उठ! तेरो प्रकाश आइरहेछ परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।2 अब अन्धकारले पृथ्वी ढाक्छ अनि मानिसहरू अन्धकारमा पर्नेछन्। तर परमप्रभु तिमीहरूमाथि चम्कनु हुन्छ अनि उहाँको महिमा तिनीहरूमाथि देखा पर्नेछ।3 तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ, राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ।4 आफ्नो वरिपरि हेर! देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ। ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्। अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्।5 यो भविष्यमा पूरा हुनेछ। अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ। अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्। पहिला, तिमीहरू डराउनेछौ, तर पछि, तिमीहरू खुशीले उत्तेजित हुनेछौ। समुद्रहरू तरेर आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्।6 मिद्यान र एपाबाट आएका ऊँटहरूले तिमीहरूका धर्ती पार गर्ने छन्। शेबाबाट आएका ऊँटहरूका लस्करले सुन र सुगन्धित वस्तु लिएर आउनेछन्। मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्।7 केदारबाट आएका सारा भेंडा मानिसहरूले जम्मा गर्नेछन अनि तिमीहरूकहाँ ल्याइदिनेछन् नबायोतका भेडाँहरूले तिम्रो सेवा गर्नेछन्। तिमीहरूले ती पशुहरू मेरो बेदीमा अर्पण गर्नेछौ। अनि म ती सबै ग्रहण गर्नेछु। म मेरो महिमाको मन्दिर पहिलेको भन्दा अझ सुन्दर बनाउने छु।8 मानिसहरूलाई हेर! बादलहरू आकाश्मा छिटो उडेजस्तै तिनीहरू तिमीहरू कहाँ आतुरिन्दै आइरहेछन् मानौ तिनीहरू ढुकुरहरू आफ्ना गुँडहरूमा जान उडिरहे जस्तै तिनीहरू आउँदैछन्।

9 टाढामा भएका देशहरूले मलाई पर्खिरहेछ। समान बोक्ने जहाजहरू समुद्रमा जान तयार छन्। ती जहाजहरू टाढामा भएका तिमीहरूका नानीहरू ल्याउनलाई तयार छन्। तिनीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई जो इस्राएलका परमपवित्र हुनुहुन्छ श्रद्धा प्रकट गर्न सुन र चाँदी बोकेर ल्याउनेछन्। परमप्रभुले तिमीहरूका लागि अचम्मका कामहरू गर्नुहुनेछ।10 अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्। तिनीहरूका राजाहरूले तिमीहरूका सेवा गर्नेछन्। जब म क्रोधित हुन्छु, म तिमीहरूलाई चोट पुर्याउँछु। तर अहिले, म तिमीहरूलाई दया देखाउँन चाहन्छु यसैले म तिमीहरूलाई सान्त्वना दिइरहेछु।11 तिमीहरूका प्रवेशद्वारहरू सधैं खोलिनेछन्। ती द्वारहरू दिन तथा रातमा कहिल्यै बन्द हुने छैनन जातिहरू र राजाहरूले तिमीहरूलाई आफ्ना सम्पति ल्याइदिनेछ।12 कुनै कुनै जाति अथवा राष्ट्रले तिमीहरूको सेवा गर्दैनन् तर तिनीहरू नाश हुनेछन्।13 लबानोनका सबै महत्वपूर्ण कुराहरू तिमीहरूलाई दिइनेछ। मानिसहरूले देवदारू धूप्पी रूखहरू तिमीहरूलाई ल्याई दिनेछन्। ती रूखहरू मेरो पवित्र स्थान सुन्दर बनाउनको लागि प्रयोग गरिनेछ, यो मेरो सिंहासन समक्ष एउटा चौकी जस्तो हुनेछ। अनि म यसलाई ज्यादा श्रद्धा दिनेछु।14 विगतमा जुन मानिसहरूले तिमीहरूलाई चोट पुर्याए ती मानिसहरू तिम्रो समक्ष झुक्ने छन्। विगतमा, जो मानिसहरूले तिमीहरूलाई घृणा गरे ती मानिसहरू तिम्रा खुट्टामा निउरिनेछन्। ती मानिसहरूले तिमीलाई ‘परमप्रभुका शहर’ इस्राएलको परम पवित्र ‘सियोन भन्ने छन्।”‘

15 “तिमीहरू फेरि एक्लै छाडिनेछैनौ। तिमीहरू फेरि हेला हुनेछैनौ। तिमीहरू फेरि रित्तो हुनेछैनौ। म तिमीहरूलाई सदा-सर्वदा महान् बनाउँनेछु। तिमी सदा सर्वदा खुशी हुनेछौ।16 जाति जातिले तिमीहरूले चाहेका सबै कुराहरू दिनेछन्। यो आफ्ना आमाको दूध पिउने बालक जस्तो हुनेछ। तर तिमीले राजाहरूबाट धनहरू पाउनेछौ। तब तिमीले ‘म परमप्रभु हुँ’ भनेर चिन्नेछौ, जसले तिमीलाई बचाउँछ। तिमीले जान्नेछौ कि याकूबको शक्तिशाली परमेश्वरले तिमीलाई उद्धार गर्नु हुन्छ।17 तिमीमा अहिले काँसा छ, “म सुन ल्याई दिनेछु। तिमीसँग अहिले फलाम छ, म तिमीलाई चाँदी ल्याई दिनेछु। म तिम्रो काठलाई काँसा बनाई दिनेछु। म दण्डलाई शान्तिमा परिवर्तन गरिदिने छु। जब मानिसहरूले तिमीलाई चोट पुर्याउँछ तर अहिले मानिसहरूले तिमीलाई राम्रो व्यवहार गर्नेछन्।18 “त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्। मानिसहरूले फेरि कहिल्यै तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्। तिमीले आफ्नो भित्ताहरूको नाउँ ‘मुक्ति’ भनेर लेख्नेछौ। तिमीले आफ्नो प्रवेशद्वारको नाउँ ‘स्तुति’ राख्नेछौ।19 “घाम अब तिम्रो लागि दिनभरिको प्रकाश हुनेछैन्। चन्द्रमाको उज्यालो पनि तिम्रो लागि रातभरिको प्रकाश हुनेछैन्। किनभने परमप्रभुको प्रकाश नै सदा सर्वदा तिम्रो प्रकाश हुनेछ। तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ।20 “तिम्रो ‘सूर्य’ कहिल्यै अस्ताउने छैन फेरि तिम्रो ‘चन्द्रमा’ कहिल्यै अन्ध्यारो हुनेछैन फेरि। किनभने परमप्रभु नै अनन्तको प्रकाश हुनुहुनेछ। अनि तिम्रो शोकका दिन अन्त हुनेछ।21 “तिम्रा सारा मानिसहरू धार्मिक हुनेछन्। ती मानिसहरूले पृथ्वी फेरि प्राप्त गर्नेछन्। मैले ती मानिसहरू सृजना गरें। तिनीहरू अद्भूत बिरूवा हुन् त्यो मैले आफ्नै हातले बनाएको हुँ।22 “स-साना परिवारहरू ठूलो परिवारमा परिणत हुनेछन्। स-साना परिवार एक दरिलो जाति हुनेछ। जब समय अनुकूल हुन्छ म, परमप्रभु चाँडै आउनेछु। म ती कुराहरू घटित गर्नेछु।”

 
adsfree-icon
Ads FreeProfile