Lectionary Calendar
Tuesday, April 7th, 2026
Tuesday in Easter Week
Attention!
Take your personal ministry to the Next Level by helping StudyLight build churches and supporting pastors in Uganda.
Click here to join the effort!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

भजनसंग्रह 113

1 परमप्रभुको प्रशंसा गर! परमप्रभुका दासहरू उहाँको प्रशंसा गर! परमप्रभुको नाउँको प्रशंसा गर।2 परमप्रभुको नाउँ अहिले र सदा-सर्वदालाई धन्य बनी रहोस्।3 परमप्रभुको नाउँको प्रशंसा पूर्वमा सूर्य उदय हुने ठाउँदेखि पश्चिममा सूर्य अस्ताउने ठाँउ सम्म भइरहोस्।4 परमप्रभु सबै जातिहरूभन्दा उच्च हुनुहुन्छ। उहाँको महिमा स्वर्गमाथि सम्म जान्छ।5 कुनै मानिस पनि हाम्रो परमप्रभु परमेश्वर जस्तो छैन। परमेश्वरमाथि स्वर्गमा बस्नु हुन्छ।6 परमेश्वर हामी भन्दा नित्तान्त माथि हुनुहुन्छ। उहाँले आकाश र पृथ्वी देख्न तल हेर्नुपर्छ।7 परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो। परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।8 अनि परमेश्वरले ती मानिसहरूलाई मुल्यवान बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई महत्वपूर्ण नेताहरू बनाउनु भयो।9 एउटी स्त्रीको नानीहरू नहुन सक्लान तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ! परमप्रभुको प्रशंसा गर!

 
adsfree-icon
Ads FreeProfile