Easter Sunday
free while helping to build churches and support pastors in Uganda.
Click here to learn more!
Read the Bible
पवित्र बाइबल (सरल नेपाली)
à¤à¤à¤¨à¤¸à¤à¤à¥à¤°à¤¹ 8
1 हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ। तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ।2 साना केटाकेटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ। तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ, जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ।
3 हे परमप्रभु, तपाईंले आफ्नो हातले बनाउनु भएको स्वर्ग अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरू हेरेर म अचम्म मान्छु।4 किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूको सम्झना गर्नु हुन्छ? किन मानिसहरू तपाईंका लागि यति महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ?5 तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्! तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणी(स्वर्गदूत) जस्तै बनाउनु भयो अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो।6 तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको अधिकारी तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।7 सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि शासन गर्छन।8 तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावार र माछाहरूमाथि शासन गर्दछन्।9 हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त आश्चर्यपूर्ण छ।