Lectionary Calendar
Monday, March 30th, 2026
Monday of Holy Week
There are 6 days til Easter!
Attention!
StudyLight.org has pledged to help build churches in Uganda. Help us with that pledge and support pastors in the heart of Africa.
Click here to join the effort!

Read the Bible

पवित्र बाइबल (सरल नेपाली)

श्रेष्ठगीत 1

1 सुलेमानको सबैभन्दा उत्तम गीत।

2 चुम्बनहरूसंग मलाई छुँनुहोस् तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्।3 तपाईंको नाउँ मुल्यवान अत्तर भन्दा सुगन्धित छ, तपाईंको गन्ध अन्य सबै अत्तरहरू भन्दा उत्तम छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई माया गर्छन्।4 तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं। हामी तपाईंको पछि दगुर्ने छौं राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो।हामीहरू खुशी अनि आनन्दित हुन्छौं। याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।5 यरूशलेमकि छोरीहरू हो! म काली तर सुन्दरी छु। केदार र शाल्माको पाल झैं काली छु।6 मलाई नहेर, म कति काली छु, मलाई घामले काली पारेको हो। मेरा दाज्यू-भाइहरू म प्रति क्रोधित थिए, त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्राए, त्यसै कारण मैले आफैंलाई ध्यान पुर्याउन पाइनँ।

7 म तिमीलाई सम्पूर्ण आत्माले प्रेम गर्छु। मलाई भन, तिमी आफ्नो भेडाहरू कहाँ चराउँछौ? मध्य दिनमा तिनीहरूलाई कहाँ विश्राम गराउँछौ? म तिमीलाई भेट्न आउनेछु अथवा तपाईंका साथीहरूको बगाल अघि म किन घुम्टो हालेर बस्ने केटी झैं हुने?8 तिमीलाई निश्चय थाहा छ कि के गर्नु पर्ने हो? स्त्रीहरूमा तिमी सबै भन्दा सुन्दरी छौ। जहाँ थुमा अनि बाख्राका पाठाहरू जान्छन् त्यहाँ पछ्याएर जाऊ आफ्नो बाख्राका पाठाहरूलाई गोठालाहरूको तम्बुको छेउमा चर्न देऊ।9 मेरी प्यारी, तिमी मेरो निम्ति यस घोडी भन्दा पनि ज्यादै उत्तेजक छौ जुन घोडी अन्य घोडाहरूसित फिरऊनको रथ तान्छे।10 ती घोडाहरू तिनीहरूको मुख देखि गर्दनको वरीपरी सम्म राम्ररी सजाइएका छन्।11 तिम्रो निम्ति हामी सुनको लुर्कन चाँदीले मोरेर बनाउँने छौं।

12 जब राजा आफ्नो कोठामा थिए, मेरो अत्तरको सुगन्ध फैलियो।13 मेरा प्रेमी मुर्ररको सानो झुप्पा झैं हुनुहुन्छ, (गलाको पहिरन) मेरो स्तन माझमा सारा रात बिताउनु हुन्छ।14 मेरा प्रेमी, मग-मग सुगन्ध दिने, एन-गदीका फूलको गुच्छा जस्तै हुनुहुन्छ जुन एन-गदीको दाखबारीको बगैंचामा फुल्छ।15 मेरी प्रियतमा, तिमी अत्यधिक राम्री छौ, आहा! तिमी साँच्चै राम्री छौ, तिम्रा आखाँहरू ढुकुरका झैं सुन्दर छन्।16 मेरो प्रेमी तपाईं असाध्य सुन्दर हुनुहुन्छ, साँच्चै तपाईं मनोहर हुनुहुन्छ! हाम्रो ओछ्यान हरियो घाँसको चउर जस्तो छ।17 हाम्रा घरका आड दिने काठहरू र देवदारका छानाका छन् डाँडा भाटाहरू सल्लाका छन्।

 
adsfree-icon
Ads FreeProfile